
काठमाडौं, १३ साउन । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल आफूविरुद्धको भ्रष्टाचार मुद्दामा बयान दिन विशेष अदालतमा उपस्थित हुनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको ३५ दिनपछि उहाँ विशेष अदालतमा उपस्थित हुनुभएको हो ।
आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उहाँले बयान दिनुहुनेछ । बयान दिएपछि उहाँलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ।
अर्यालमाथि निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको छ ।








प्रतिक्रिया