१३ असार २०८३, शनिबार

कथावाचिका देवी प्रतिभाको प्रवचन समय दुई दिनका लागि थपियो

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा वाचन गर्नुहुने भएको छ । शनिबार नै भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने हुनुभएको हो ।

उनले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । आयोजक मानव सेवा फाउण्डेसनका अनुसार दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले आज आइतबार र भोली सोमबार गरेर अझै दुई दिन पशुपति कोटिहोम महायज्ञमा कथा प्रवचन गर्नुहुनेछ । दुई दिनको बिहानी सत्रमा रामकथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

कोटिहोम महायज्ञबाट विश्व कल्याणसँगै ललितपुरमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ उक्त महायज्ञ आयोजना गरिएको हो ।

कथा बाचनका लागि नेपाल आउनु भएकी उहाँलाई गृह जिल्ला काभ्रेको पनौती नगरपालिकामा भव्य स्वागत र सम्मान गरिएको थियो । शनिबार काभ्रे सेवा समाज र पनौती नगरपालिकाले उहाँलाई पनौतीमा आयोजित एक कार्यक्रमकाबीच स्वागत र सम्मान गरेका हुन् । उहाँका लागि खटिएका आठ सुरक्षा गार्डको विषयलाई लिएर नेपालमा टिकाटिप्पणी भइरहेको छ ।