२६ असार २०८३, शुक्रबार

गोरखाको धार्चेमा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । गोरखाको धार्चे गाउँपालिका–५ सिङ्ग्लामा आज बिहान गएको पहिरोले एक घर पुरिँदा ५ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाकाअनुसार बिहान करिब ३ बजेतिर गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर र कृषि फार्म पुरिएको हो ।

कार्यालयका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले दिएको जानकारीअनुसार घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभएको छ ।