७ असार २०८३, आइतबार

महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । एसिसी महिला एसिया कप क्रिकेटको उपाधिका आज लागि आयोजक श्रीलंका र भारत भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको थियो ।

भारत र श्रीलंकाको फाइनल भिडन्त डम्बुला मैदानमा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ ।

भारत महिला एसिया कपको फाइनलमा नवौ पटक पुगेको हो । पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकटले पराजित गर्दै भारत फाइनल पुगेको हो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल खेल्न लागेका हुन् ।

आयोजक श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ । भारत उपाधि यात्रालाई निरन्तरता दिने योजनामा छ ।