१६ असार २०८३, मंगलबार

पहिरोले हेटौंडा-काठमाडौं जोड्ने दुई सडक अवरुद्ध

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १३ साउन । हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीका दुई सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।

अविरल वर्षाका कारण पहिरो जाँदा कान्तिलोकपथ सडक र हेटौंडा-भैसे-भीमफेदी-काठमाडौं सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार कान्तिलोकपथअन्तर्गत भीमफेदी-८ को कालोपहिरो, बकैया-१२ को मानेघुम्ती, ठिंगनबजार, चौताराभिर र बकैया-११ को आहाले गाँउ, खोरभन्ज्याङमा पहिरो खसेको छ । सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरोध भएको र सडक खुलाउनको लागि सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन करिब तीन घण्टा लाग्नेसमेत प्रहरीले जनाएको छ ।

यसैगरी, गएराति हेटौंडा-भैसे-भीमफेदी-काठमाडौं सडकअन्तर्गत भीमफेदी-४ को रातोमाटेमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुलाउनको लागि सडक विभागसँग समन्वय भइरहेको र पहिरो पन्छाउन करिब दुई घण्टा लाग्नेसमेत प्रहरीले जनाएको छ ।