७ असार २०८३, आइतबार

यी ५ वटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

हाल कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।  मधेश प्रदेशको बारा, पर्सा आसपास तथा बागमती प्रदेशको मकवानपुर, सिन्धुली आसपास मध्यम वर्षा हुनुका साथै कोशी प्रदेशको झापा, सोलुखुम्बु आसपास हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशभर साधारणतया बदली रहने छ । लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।