१४ असार २०८३, आइतबार

प्रचण्ड भन्छन्- मलाई एमालेभित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता छ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई एमाले भित्र रहेका देशभक्तहरुको बारेमा चिन्ता रहेको बताउनुभएको छ ।

शनिबार पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै रहेको बताउँदै उनीहरुलाई कसरी जोड्ने भन्नेमा आफ्नो चिन्ता रहेको टिप्पणी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘पहिलो प्रयास असफल भएपछि अहिले पनि मैले कम्युनिष्ट एकताको प्रयास अघि बढाएको थिएँ, तर सफल भएन । एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै छ । कम्युनिष्ट आन्दोलनप्रति ठूलो त्याग गरेका, योगदान गरेका मानिसहरु छन् । मेरो चिन्ता त्यो पंक्तिसँग हामी सबै सञ्चा कम्युनिष्ट क्रान्तिकारी भन्नेहरु कसरी जोडिने भन्नेबारेमा चिन्तन मनन गरिराख्नुपर्नेछ ।’

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतले पनि सम्बोधन गर्नुभएको थियो ।