२८ जेष्ठ २०८३, बिहिबार

पेरिस ओलम्पिक : नेपालका स्यान्टु र प्रिन्स आज खेल्दै

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । जारी पेरिस ओलम्पिकमा आज दुई नेपाली खेलाडीले प्रतिष्पर्धा गर्दै छन् ।

आज नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले आफ्नो खेल खेल्दै छन् ।

स्यान्टुले पेरिस एक्पो पोर्ट डे भर्सेल्समा नेपाली समय अनुसार राति ७ः३० बजेदेखि खेल्दै छन् । स्यान्टुले पेरिस ओलम्पिकको प्रारम्भिक चरणमा सेनेगलका इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्दैछन् ।

स्यान्टुले दक्षिण एसियाली छनोट फाइनलमा नेपालकै संयोग कपालीलाई हराउँदै ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।

त्यस्तै, नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्सले पेरिस ओलम्पिक २०२४ को समूह चरणमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनविरुद्ध खेल्ने छन् । यो खेल नेपाली समय अनुसार राति १२ः५५ बजेदेखि हुने छ ।

१९ वर्षीय प्रिन्स ब्याडमिन्टनमा ओलम्पिक खेल्ने पहिलो नेपाली हुँदैछन् । उनले यो अवसर युनिभर्सालिटी कोटामा पाएका हुन् । जुनियरमा विश्व नम्बर १ भएका उनी विश्व ब्याडमिन्टन महासंघको वरीयतामा अहिले १७२ औं स्थानमा छन् ।