७ श्रावण २०८३, बिहिबार

नेपालमा केही पनि भएको छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्छ : प्रदीप ज्ञवाली

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताउनुभएको छ ।

शनिबार एमाले केन्द्रीय कार्यालयमा नेत्रप्रसाद गौतमद्वारा लिखित नेत्रका तीन खण्डकाव्य र भूत पिसाचका कथा सङ्ग्रह लोकार्पण कार्यक्रममा बोल्दै ज्ञवालीले देशमा केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न एउटा पङ्ती लागेको बताउनुभयो । सोचे जति हुन नसकेको भए पनि देश धेरै अगाडि बढेको उहाँको धारणा छ । ‘एउटा पङ्ती छ नेपालमा जसले केही पनि भएन भन्छ ।’ उहाँले भन्नुभयो ।

गौतमले लेखेको पुस्तक एक पटक पढ्ने हो भने हिजो हामी कहाँ थियौँ र आज कहाँ आइपुग्यौँ भन्ने कुरा सहजै बुझ्न सकिने बताउनुभयो । पुस्तकले नेपाल अघि बढेको यात्रा देखाउने उहाँले बताउनुभयो । सही ढङ्गले व्यवस्थापन हुन सकेको भए धेरै अगाडि पुग्न सकिने भए पनि केही भएकै छैन भन्ने कुरा भने गलत भएको उहाँको धारणा छ ।

केही पनि भएन भन्ने कुरालाई भने एउटै पुस्ताले हिजो र आजलाई हेर्दा थाहा हुने उपमहासचिव ज्ञवालीको भनाइ छ ।

मानिसलाई धेरै कुराले विचलित बनाउने बताउँदै उहाँले निष्ठा जोगाउनु सामान्य कुरा नभएको बताउनुभयो । आशा, त्रास, लोभ, प्रलोभनका बीचमा निष्ठा जोगाउने कुरा चानचुने नभएको उपमहासचिव ज्ञवालीले धारणा राख्नुभयो ।