४ श्रावण २०८३, सोमबार

प्रवासी नेपाली मञ्च कुवेतको अध्यक्षमा हमाल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । नेकपा (एमाले)को प्रवास संगठन प्रवासी नेपाली मञ्च कुवेत राष्ट्रिय कमिटीको चौथो राष्ट्रिय सम्मेलन कुवेत सिटीमा भव्यताका साथ सम्पन्न भएको छ ।

नेकपा (एमाले) स्थायी कमिटीका सदस्य, प्रवास इन्चार्ज तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले उद्घाटन गर्नुभएको सम्मेलनले रुपेनविक्रम हमालको नेतृत्वमा ३० सदस्सीय कुवेत राष्टिय कमिटीको चयन गरेको हो ।  कमिटीको उपाध्यक्षद्वयमा चुडाराज भट्टराई र नानु बराल चयन हुनुभएको छ । कमिटीको सचिवमा शंकर पौडेल, सहसचिवमा टंकबहादुर खड्का, सहसचिवमा भुवन ब्लोङ तामाङ र कोषाध्यक्षमा शान्ता भण्डारी सर्वसम्मतिले चुनिनुभएको हो ।

यसैगरी, कमिटीको सदस्यहरुमा विदुर कार्की, जयश्वर भण्डारी, गुलाम नवि मंसुर, युवराज अधिकारी, सुमन्त खनाल, ज्ञान गजमेर, युवराज ढकाल, दुर्गा ढकाल, सूर्य ओस्ती, बबिता बराईली, चुल बस्याल, सन्दिप बराईली, नवराज आचार्य, कृष्णबहादुर तामाङ, नारायण श्रेष्ठ, हेममाया तामाङ, हिरमाया तामाङ, बिमल श्रेष्ठ, सन्त लम्साल, सन्त लम्साल, देवि दमाई, थिलेन लामा र उमर महर चयन हुनुभएको छ ।

नेपाली पञ्चैबाजा र नेपालका कलाकारहरुको प्रस्तुतिसहित आयोजना गरिएको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेता भट्टराईले सम्मेलन सफलताको शुभकामना दिनुका साथै एमाले अध्यक्षको नेतृत्वमा बनेको वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्ने, अर्थतन्त्रलाई सकारात्मक दिशामा चलायमान बनाउने र सुशासनको प्रत्याभूति दिलाउने बताउनुभयो ।

प्रवासमा काम गर्ने श्रमिकहरुको हितमा वर्तमान सरकारले प्राथमिकताका साथ काम गर्ने र श्रमीकको हक, हित र सुरक्षाका लागि देशको कानुन र नीतिमा अवश्यकता अनुसार परिवर्तन गर्ने तथा कुवेतलगायत विभिन्न मुलुकहरुसँग श्रम सम्झौताका लागि पहल गर्ने भन्दै उहाँले विश्वास दिलाउनु भयो ।

सम्मेलनमा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, कुवेतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।

नेपाली श्रमिकहरुको उल्लेख्य उपस्थिती रहेको समारोहमा सहयोगी संघसंस्थाका प्रतिनिधिहरुलाई प्रशंसा-पत्र वितरण गरिएको थियो ।