२२ जेष्ठ २०८३, शुक्रबार

बाढीले इकुवा खोलाको पुल बगाउँदा एक महिनादेखि यातायात सेवा अवरुद्ध

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सङ्खुवासभा, १२ साउन । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको भोटखोला सडक एक महिनादेखि बन्द छ ।

भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो ।

गत असारको पहिलो साताको बाढीपहिरोले इकुवा खोलाको पक्की पुल बगाएको हो । मकालु गाउँपालिका–३ इकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोला गाउँपालिका जाने सडक बन्द भएको हो । मकालु–३ र भोटखोला–४ को बीचमा रहेको इकुवा खोलाको पुलले दुवै गाउँपालिकालाई जोडेको थियो ।

पुल बगाउँदा रु चार करोडको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यस क्षेत्रमा यातायात पुनः सञ्चालन गर्न समय लाग्ने देखिन्छ । पुल २०७९ सालमा निर्माण गरिएको थियो ।

पक्की पुल बगाएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिका प्रभावित भएका छन् । पहिराले उत्तर–दक्षिण राजमार्गमा पर्ने विभिन्न सडक खण्डमा क्षति पुर्‍याएको छ ।