२५ जेष्ठ २०८३, सोमबार

खोलामा डुबेर दुई किशोरीको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, १२ साउन । दैलेखमा पौडी खेल्न खोलामा गएका दुई किशोरीको डुबेर मृत्यु भएको छ ।

महावु गाउँपालिका-३ स्थित छामघाट खोलामा पौडी खेल्नेक्रममा सोही वडाका १४ वर्षीया भावना बुढा र अन्दाजी १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको हो ।

बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिनुभयो ।