![]()
काठमाडौं, ११ साउन । सौर्य एयरलाइन्सको बुधबार भएको दुर्घटनामा ज्यान गुमाउनेमध्ये ५ जनाको मात्र शव आफन्तले बुझेका छन्। अन्यका आफन्तले शव बुझ्न सकिरहेका छैनन्।
एयरलाइन्स र सरकारी पक्षबाट बेवास्ता गरिएको र माग सम्बोधन नभएसम्म शव नबुझ्ने उहाँहरूको अडान छ ।
को–पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धप पुरी, अश्मिन निरौला र श्याम विन्दुकरको शव आफन्तले बुझ्नु भएको हो । अन्य शवहरू आफन्तको समन्वयमा बुझाइने प्रहरीले जनाएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारहरू–








प्रतिक्रिया