
काठमाडौं, ११ साउन । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजना बनेकाले समृद्ध नेपालका नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्ने बताउनु भएको छ ।
आज राष्ट्रिय योजना आयोगका पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपालका नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्ने बताउनु भएको हो ।
उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लानुपर्ने भएकाले समन्वयात्मकरूपमा काम गर्न उहाँले निर्देशन पनि दिनुभयो । नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै उहाँले उहाँहरूको कार्यकाल देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बन्न सकोस् भन्ने कामना गर्नुभयो ।
आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताउनुहुँदै उहाँले अब गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।









प्रतिक्रिया