
काठमाडौं, ११ साउन । सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनु भएकामध्ये चारजनाको शव परिवारले बुझेका छन्।
त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम सकिएसँगै परिवारले शव बुझेका हुन् । केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने अडान लिनुभएको छ ।
बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र जहाज कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ।
बुधबार सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनु भएको थियो ।








प्रतिक्रिया