१ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदानमा रङ्गशाला निर्माण गर्नेबारे छलफल

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा रङ्गशाला निर्माण गर्नको लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल गर्नुभएको छ ।

बिहीबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, रेक्टर र रजिष्टारसँग छलफल भएको प्रधानमन्त्रीले जानकारी दिनुभएको हो । छलफलमा सिनेट बैठक र ग्रेसलिष्टको विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ ।

‘आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टारसँग कीर्तिपुरस्थित क्रिकेट मैदानमा रङ्गशाला निर्माण गर्नको लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल भयो, छलफलमा सिनेट बैठक र ग्रेसलिष्टको विषयमा पनि कुराकानी भयो’, ओलीले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।