१९ असार २०८३, शुक्रबार

अब मुद्वा नलड्ने भन्दै गौशाला २६ ले दिइन् सन्दीपविरुद्धको मुद्वा पुनरावेदन नगर्न निवेदन

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । क्रिकेटर सन्दीप लामिछानेविरूद्वको मुद्वा पुनरावलोकनमा नलैजान माग गर्दै पीडित भनिएकी किशोरीले निवेदन दिनुभएको छ ।

‘गौशाला २६’ले आज उच्च सरकारी वकिलको कार्यालय पाटनमा पुगेर पुनरावेदनमा नलैजान माग गर्दै निवेदन दर्ता गर्नुभएको हो । उहाँले पत्रमा आफूले यो मुद्दा सुरु भएदेखि धेरै तनाव खेपेको र सामाजिक रूपमा अप्ठ्यारोमा परेको उल्लेख गर्नुभएको छ ।

आफूले न्यायका लागि धेरै सङ्घर्ष गरेको तर यो क्रममा धेरै तनाव र दुःख समेत झेलेकोले अब विवादभन्दा अलि पर रहेर बस्न चाहेकाले मुद्दालाई अहिलेकै रूपमा स्वीकार गरेर बस्न चाहेको बताउनुभएको छ । उहाँले आफूलाई समाजबाट धम्की आउने क्रम अहिले पनि जारी रहेको र यसका कारण अध्ययनमा पनि असर परेको बताउनुभएको छ ।

आफू अब आफ्नो अध्ययनमा मात्र केन्द्रित हुन चाहेको र मुद्दाको रूपमा धाउन नसक्ने पनि उल्लेख गर्नुभएको छ ।