२९ जेष्ठ २०८३, शुक्रबार

सौर्य एयर दुर्घटना : शवको पोस्टमार्टम सकियो, परिवारलाई बुझाउने तयारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । त्रिभुवन विमानस्थलभित्र भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको शवको पोष्टमार्टम सकिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा शवको पोष्टमार्टम सकिएको हो । पोष्टमार्ट सकिएसँगै शवको पहिचान सुरू गरिएको छ । शव हस्तान्तरणका लागि आफन्तसँग छलफल पनि भइरहेको बताइएको छ ।

आज बेलुकीसम्म पहिचान भएका शवहरू आफन्तलाई बुझाउने तयारी छ । मृतकका परिवारले भने क्षतिपूर्तीको विषय टुंगो लगाएपछि मात्रै शव बुझ्ने अडान राख्दै आउनु भएको छ ।