
काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो। त्यसअघि राष्ट्र बैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो ।
गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको सञ्चिती बढेको र वित्तीय संस्थाहरूमा तरलता बढेकाले ब्याजदर घट्दो क्रममा रहेको बताउनु भएको छ ।
उनले देशको वर्तमान अवस्थालाई विश्लेषण गर्दै लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताउनुभयो ।








प्रतिक्रिया