
काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज दिउँसो १ बजे बस्नेगरी सरेको छ । यसअघि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेगरी बैठक बोलाइएको थियो ।
संक्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको कार्यदलको बैठक बस्ने भएकाले पदाधिकारी बैठक सारिएको माओवादी केन्द्रले जनाएको छ ।
पदाधिकारी बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुनुको साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ ।









प्रतिक्रिया