
चितवन, ११ साउन । नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुनुहुन्थो भने पटेल कन्टेनरका चालक हुनुहुन्थो ।
भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते हुनुभएको छ । उहाँको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया