४ असार २०८३, बिहिबार

मिस नेपाल नर्थ अमेरिका २०२४ को लागि दर्जनबढी कलाकार अमेरिका आउँदै

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, ११ साउन । मिस नेपाल नर्थ अमेरिका २०२४ को लागि एक दर्जनभन्दा बढी कलाकारहरु अमेरिका आउने भएका छन् ।

विश्व कै सम्राट राज्य न्यूयोर्कमा आगामी अगस्त ३ शनिबारका दिन हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ मा उनीहरु सहभागी हुन् आउने भएको आयोजक संस्था ड्रिम्स युनिभर्सलका संस्थापक तथा मिस नेपाल नर्थ अमेरिकाका प्रमुख कार्यकारी अधिकारी सैलेश श्रेष्ठले दिनुभएको छ ।

मिस नेपाल नर्थ अमेरिका सुरु भएदेखि नै हरेक वर्ष अगस्त महिनामा हुँदै आएको छ । यसवर्ष पनि अगस्त ३ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ । विगत वर्ष झैँ यसवर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ ।

नेपालबाट प्रस्थान गर्ने कलाकारहरुमा क्रमस नायिका आँचल शर्मा, कलाकार अनुपबिक्रम शाही, नायिका वर्षा राउत, उषा उप्रेती, पूर्व नेपाल सुन्दरी सदिक्षा श्रेष्ठ ,प्रिया रानी लामा-२०१९ की मिस कस्मोपोलिटन वर्ल्ड, डा. उदिप श्रेष्ठ, सन् २०२० की मिस नेपाल युनिभर्स अनिश्का शर्मा, मोडल/सुगठन उद्यमी मिस नेपाल अर्थ २०२२ डा. सारिषा श्रेष्ठ, मोडल तथा कार्यक्रम प्रस्तोता सागरिका श्रेष्ठ रहनुभएको छ ।

साथै आगामी अगस्त ३ का दिन हुने प्रतियोगिताको लागि मिस पपुलर २०२४ अर्थात् लोकप्रिय सुन्दरी २०२४ को लागि मतदान विद्युतीय रुपमा प्रारम्भ गरिएको छ । यसवर्षदेखि अन्तिम समापन समारोह (ग्राण्ड फिनाले)को लागि सिधै १० जना मनोनीत हुनेछन् ।

विगत वर्ष झैँ यसवर्ष पनि मिस नेपाल नर्थ अमेरिकाको लागि २०१० की नेपाल सुन्दरी सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफरको भूमिका निर्वाह गर्नुहुने भएको छ ।

त्यस्तै, प्रशिक्षक तथा उपादेशक ९मेन्टर तथा र्याम्प वाक ट्रेनर ०को रुपमा २०१९ की मिस कस्मोपोलिटन वर्ल्ड प्रिया रानी लामाले गर्नुहुनेछ ।

यसैगरी, मिस नेपाल नर्थ अमेरिका २०२४ को शीर्ष २० मा पुग्ने अन्तिम प्रतियोगीहरुमा क्रमस मीनेसोटाकी आयुषा तुलाधर, टेक्ससकी आदीश्री रेग्मी ,नर्थ क्यारोलाईनाकी अन्ना कोइराला ,क्यानडाकी अनु सुवेदी ,न्यूयोर्ककी अस्मिता गिरी, मिसिगनकी अश्मिता तुलाधर, ओहायोकी दृश्य धिताल, मेरिल्याण्डकी न्यान्सी क्षेत्री, न्यूजर्सीकी ओनिका बानिया, न्यूयोर्ककी प्रिजा राना, बोस्टनकी रिजा पुरी, मेरिल्याण्डकी रुबिना गिरी, मेरिल्याण्डकी रुबी पौडेल, टेक्ससकी सरिता थागुना, कोलोराडोकी सर्जु थापा, जर्जियाकी सोफी पोखरेल, क्यानडाकी स्वीकृति खड्का, टेक्ससकी सुजन सुनुवार तथा क्यालिफोर्नियाकी उषा शाह रहनुभएको छ ।

मिस नेपाल नर्थ अमेरिका विश्वभरिका नेपाली समुदायमा मात्र नभई अन्य समुदायमा पनि त्यतिकै लोकप्रिय तथा स्थापित प्रतियोगिता बन्न सफल भएको छ । यत्रतत्र सर्वत्र चर्चाको शिखरमा पुग्न सफल यस प्रतियोगितालाई अत्यन्तै उच्च सम्मान तथा व्यावसायिक प्रतियोगिताको रुपमा हेरिन्छ । स्थापना कालदेखि नै व्यवसायिकताको परिचय दिँदै विगतका सबै प्रतियोगिताहरु उत्तिकै उत्साहजनक तथा सफलतापूर्वक सम्पन्न गरिएका छन् ।