२८ असार २०८३, आइतबार

दुर्घटना भएको ५५ वर्षपछि अष्ट्रेलियामा भेटियो जहाज

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । अष्ट्रेलियाले ५५ वर्षपछि २१ जनाको ज्यान लिने एमभी नुनगाह जहाज फेला पारेको छ । बीबीसीकाअनुसार यो जहाज २३ अगस्ट १९६९ मा न्यू साउथ वेल्सबाट टाउन्सभिलतर्फ प्रस्थान गरेको थियो ।

स्टिलले भरिएको कन्टेनर बोकेको जहाजमा ५२ जना सवार थिए । अगस्ट २५ सम्म, यो खतरनाक आँधीको सामना गर्दा ३१५ किलोमिटर अगाडि बढेको थियो । यसको गति ११० किलोमिटर प्रतिघण्टा भन्दा बढी थियो जसलाई जहाजले सम्हाल्न नसकेर डुबेको थियो ।

जहाज डुबेपछि अष्ट्रेलियाली सेनाले इतिहासकै सबैभन्दा ठूलो समुद्री खोजी गरेको थियो । सेनाले विमान, हेलिकप्टर र पानीजहाज लिएर एमभी नुनगाहको खोजी गर्न निस्क्यो । केही घण्टामै जहाज फेला पर्‍या् र चालक दलका ५ सदस्यसहित २६ जनाको उद्धार गरियो ।

जहाज डुबेको १२ घण्टापछि पनि अष्ट्रेलियाली सेनाले मानिसलाई काठमा तैरिरहेको फेला पारेको थियो । त्यस बेलादेखि जहाज भने भेटिएको थिएन ।

गत महिना, कमनवेल्थ वैज्ञानिक र औद्योगिक अनुसन्धान संगठनका वैज्ञानिकहरूले जहाज पत्ता लगाउन खोजी सुरु गरेका थिए । यसका लागि उक्त स्थानमा उच्च प्रविधियुक्त जहाज पठाइएको थियो ।

वैज्ञानिकहरुका अनुसार उनीहरुले जहाजको भग्नावशेष जमिनको सतहबाट १७० मिटर तल फेला पारेका छन् । यस जहाजको डिजाइन र आकार एमभी नुनगाह जहाजसँग मेल खाएको उनीहरुले बताएका छन् । अब सिड्नी प्रोजेक्टअन्तर्गत जहाजको जाँच हुने रिपोर्टमा बताइएको छ ।