२४ कार्तिक २०८३, मंगलबार

कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधन

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ ।

मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत नगरप्रमुख नकर्मीको गएराति निधन भएको नगरउपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

उहाँकाअनुसार नकर्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ देखि ११ बजेसम्म नगरपालिकाको कार्यालयमा राखिनेछ ।

गत साउन २ गतेदेखि स्वास्थ्यमा समस्या बढेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि उहाँले साउन १ गतेदेखि नै नगरउपप्रमुख शाक्यलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिनुभएको थियो ।

नकर्मी नेपाली कांग्रेसबाट कीर्तिपुरको नगरप्रमुखमा निर्वाचित हुनुभएको थियो ।