
काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतले भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे कुराकानी भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
‘बाहिर झमझम पानी परिरहेको थियो । भेटको मेरो प्राथमिकतामा रहनुभएका डा. सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो । आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनेँ । आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भयो ।’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।








प्रतिक्रिया