२५ असार २०८३, बिहिबार

धादिङमा तीन चितुवा मृत फेला

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ११ साउन । धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीन वटा चितुवा मृत फेला परेको छ ।

गढीस्थित अदुवाबारीमा दुई वटा र मकैबारी एक वटा चितुवा मृत अवस्थामा बिहीबार भेटिएको हो ।

घाँस काट्न गएको बेला स्थानीयले देखेर खबर गरेपछि प्रहरीसहित टोली आफू घटनास्थलमा पुगेको वडा नम्बर १० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिनुभयो ।

मृत अवस्थामा फेला परेको चितुवा बैरेनी सवडिभिजन वन कार्यालयलाई बुझाइएको छ । थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।