
काठमाडौं, १० साउन । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताउनु भएको छ ।
घाइते क्याप्टेन शाक्यको बुधबारदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। क्याप्टेन शाक्यले डा. थापासँग जहाज दुर्घटनाका सन्दर्भमा केही कुरा सुनाउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट जहाज उडाएर १०० फिटमाथि पुर्याएपछि आफूले नियन्त्रण गर्न नसकेको क्याप्टेन शाक्यको भनाइ छ।
‘जहाज उडाउन कोसिस गर्दै थिएँ, १०० फिट माथि गएको थियो। त्यसपछि कन्ट्रोल गर्न सकिनँ,’ क्याप्टेन शाक्यले बताएको कुरा उद्धृत गर्दै निर्देशक डा. थापाले भन्नुभयो, ‘छिनमै जहाज तल झर्यो, मचाहिँ कता-कताबाट बाहिर निस्किएँ।’
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया