
काठमाडौं, १० साउन । बुधबार त्रिभुवन विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर घाइते हुनुभएका जहाजका क्याप्टेन मनिष शाक्यको तीनवटा करङ भाँच्चिएको अस्पतालले जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दै केएमसी अस्पतालले क्याप्टेनको अनुहार, आँखा, नाक र टाउकोमा चोट रहेको साथै ढाडको एउटा र तीनवटा करङ भाँच्चिएको जानकारी दिएको हो ।
अनुहार तथा नाक र आँखाका चोटहरुको उपचार भइसकेको र अन्य जटिलता नदेखिएको अस्पतालले स्पष्ट पारेको हो ।









प्रतिक्रिया