४ असार २०८३, बिहिबार

नवनियुक्त मुख्यसचिव गड्तौलालाई प्रधानमन्त्री ओलीको बधाई

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई दिनुभएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । सामाजिक सञ्जालमा लेख्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई ! आजको मन्त्रिपरिषद बैठकले सरकारको मुख्य सचिवमा लीलादेवि गड्तौलालाई नियुक्त गरेको छ । नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई !!’

गड्तौला नेपालको निजामती सेवाको इतिहासमा उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बन्नुभएको हो ।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।