११ असार २०८३, बिहिबार

आईकाओको रिपोर्ट एक साताभित्र समितिमा पेश गर्न मन्त्रालयलाई निर्देशन

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेश गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले मन्त्रीलाई यस्तो निर्देशन दिएको हो । समितिका सभापति राजकिशोर यादवले पर्यटनमन्त्री बद्री पाण्डेलाई सन् २०२२ को आईकाओको रिपोर्ट एक हप्ताभित्रसमितिमा पेस गर्न निर्देशन दिनुभएको हो ।

सभापति यादवले भन्नुभयो, ‘आईकाओको प्रतिवेदन समितिलाई पठाउन पर्यटन मन्त्रालयलाई पत्र नै लेखेको छ । अब समितिले पत्र लेख्न नपरोस् । अबको एक हप्ताभित्र समितिलाई प्रतिवेदन उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन गर्दछु । ईयू सेफ्टी लिस्टको विषयमा डेढ वर्ष भयो । अब हामीले रिजल्ट हेर्ने हो । अर्को बैठकमा आउँदा ईयू सेफ्टीलिस्टमा कति दिनमा हामी च्यानपेन हुन्छौँ । तयार गरेर आउन मन्त्रीलाई निर्देशन गर्दछु ।’