२५ जेष्ठ २०८३, सोमबार

लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त हुनुभएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । गड्तौला यसअघि कायममुकायम मुख्यसचिवको रूपमा कार्यरत हुनुहुन्थो ।

गड्तौला नेपालको निजामती सेवाको इतिहासमा उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बन्नुभएको छ ।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो।

गड्तौला ५८ वर्ष उमेर हदका कारण १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानुहुनेछ ।