२५ जेष्ठ २०८३, सोमबार

सिमलताल घटना अध्ययन कार्यदलको समयावधि थप

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । चितवनको सिमलतालमा दुइवटा गाडी दुर्घटना अध्ययन गर्न गठित कार्यदलको समयावधि सात दिन थप्ने निर्णय भएको छ।

कार्यदललाई सुरूमा १० दिनको समय दिइएकोमा गृहमन्त्रालयले थप सात दिन समय दिएको हो । असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।

गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ। बेपत्ता ६२ यात्रुमध्ये हालसम्म २४ जनाको शव फेला परेको छ। ७ जनाको सनाखत हुन बाँकी छ।

घटनाको अध्ययन गर्न सरकारले असार ३१ गते गृहमन्त्रालयका सहसचिव रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो।