२८ असार २०८३, आइतबार

कस्तो छ सौर्य एयरका क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा घाइते हुनुभएका जहाजका पाइलट मनिष शाक्यको उपचार भइरहेको छ ।

उहाँको काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) को आईसीयूकक्षमा उपचार भइरहेको हो । अहिले उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

उहाँको टाउनको, खुट्टा र मेरूदण्डको हड्डीमा चोट लागेको थियो । उहाँहरू आफन्त लगायत भेटघाटका लागि जानेहरूसँग सामान्य रूपमा कुरा गरिरहनुभएको छ ।

विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । जसमा पाइलट शाक्य मात्रै बाँच्न सफल हुनुभएको हो ।