१२ असार २०८३, शुक्रबार

एकैदिन २४ सयले घट्यो सुनको मूल्य

30.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन २४ सय रूपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २४ सय रूपैयाँले घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५५ रूपैयाँले घटेर १ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।