
मोरङ, १० साउन । मोरङमा एक डाक्टर मृत फेला परेका छन् । उर्लाबारी-५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर मनिषकुमार यादव कोठामा मृत भेटिनुभएको हो ।
बिहीबार बिहान उहाँ कोठामा अचेत अवस्थामा भेटिनुभएको थियो । यादव अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै आउनुभएको थियो ।
यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देख्नुभएको थियो । भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गर्नुभएको थियो ।
प्रहरीले ढोका फुटाएर अरनिको अस्पताल पुर्याउँदा डाक्टरले उहाँलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।
शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गलबारे पठाइएको छ ।









प्रतिक्रिया