
काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते हुनुभएका पाइलट मनिषरत्न शाक्यलाई केएमसी अस्पताल पुगेर भेट गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले अस्पताल पुगेर पाइलट शाक्यको स्वास्थ्य अवस्था बारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आज भएको विमान दुर्घटनामा विमानमा सवार सौर्य एयरलाइन्सकै १८ कर्मचारीको मृत्यु भएको छ ।










प्रतिक्रिया