२५ असार २०८३, बिहिबार

श्रीमान झुन्डिएको र श्रीमतीको हत्या गरिएको अवस्थामा शव फेला

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ९ साउन । बागमती प्रदेशको राजधानी हेटौंडामा एक दम्पतीको शव फेला परेको छ ।

बुधबार दिउँसो हेटौंडा उपमहानगर-५ लट्रीनाथमा ६२ वर्षीय केशव भण्डारी र ५६ वर्षीया अम्बिका भण्डारी मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

डिएसपी भण्डारीकाअनुसार केशवको शव घरभित्रै झुन्डिएको र श्रीमती अम्बिकाको शव धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।