२८ असार २०८३, आइतबार

फास्ट ट्रयाक सुरुङमार्गमा दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ९ साउन । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ स्थित चालिसे डाँडामा निर्माणाधीन फास्ट ट्रयाक सुरुङमार्गमा काम गर्ने क्रममा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार दिउँसो सुरुङमार्गभित्र काम गरिरहेका दुई कामदारमाथि अचानक ढुंगा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बारा जिल्लाको निजगढ घर भई हाल सुरुङमार्गमा काम गर्दै आएका २७/२८ वर्षीय बिमल थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । सोही दुर्घटनामा तनहुँ घर भएका २७/२८ वर्षीय राजु विक गम्भीर घाइते हुनुभएको छ । उहाँको ढाड र कम्मरमा गम्भीर चोट लागेको छ ।

घाइते राजुलाई तत्काल उपचारका लागि हेटौंडा ल्याइएको र साँझ चुरेहिल अस्पतालमा भर्ना गरिएको डिएसपी भण्डारीले बताउनुभयो ।