१६ कार्तिक २०८३, सोमबार

कस्तो छ दुर्घटनामा परेका पाइलट शाक्यको अवस्था ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । आज बिहान त्रिभुवन विमानस्थल परिसरमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते हुनु भएका पाइलट मनीष शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।

३७ वर्षीय क्याप्टेन शाक्यले उडाउनु भएको जहाज बिहान ११ बजेर ११ मिनेटमा दुर्घटना भएको थियो । उहाँको आइसियूमा उपचार भइरहेको छ । अहिले उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

उहाँले आफन्तहरूसँग कुराकानीसमेत गर्नुभएको छ । उहाँको टाउको, आँखा र खुट्टामा चोट लागेको छ । उहाँको आँखाको अपरेशन गरिएको छ । टाउकोको चोट गहिरो रहेको र सिटी स्क्यान गरिएको अस्पतालले जनाएको छ ।

पाइलट शाक्यसहित १९ जना सवार जहाज दुर्घटना हुँदा शाक्य मात्रै बाँच्न सफल हुनु भएको हो ।