२५ जेष्ठ २०८३, सोमबार

टेकअफ लगत्तै दाहिने मोडिने क्रममा यसरी भएको थियो जहाज दुर्घटना (भिडिओ)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ ।

बिहान जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र पाइलट घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार अनुसार बिहान ११:११ बजेमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिने क्रममा रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको उल्लेख गरेको छ ।

विमान दुर्घटनाको दृश्य पनि सार्वजनिक भएको छ । भिडिओमा जहाज टेकअफ भइसकेपछि दाहिनेतिर मोड्ने क्रममा सिधै जमिनमा खसेको देख्न सकिन्छ । जहाज खसे लगत्तै आगो र धुवाँको मुस्लो भिडिओमा देखिन्छ ।