
काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनास्थल पुग्नुभएको छ ।
बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने बित्तिकै दाहिने मोड्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री ओलीले दुर्घटनास्थलको निरीक्षण गर्दै गृहमन्त्री, नागरिक उड्डयन मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसँग दुर्घटना बारे जानकारी लिनुभएको छ ।
दुर्घटनामा घाइते भएका विमानका पाइलट मनिषरत्न शाक्यको भने अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया