२८ असार २०८३, आइतबार

जहाज दुर्घटना : पाइलट बाहेक सबै १८ जनाकै मृत्यु (नामावलीसहित)

48.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

पाइलटसहित १९ जना सवार रहेकामा पाइलटको जिवितै उद्वार गरिएको हो भने बाँकी १८ जनाको शव निकालिएको छ । मृत्यु हुनेमा अधिकांश एयरलाइन्सकै कर्मचारी रहेका छन् ।

मेन्टिनेन्सका लागि कर्मचारी लिएर जहाज पोखरा जाँदै थियो । मृत्यु हुनेमा एकजना अरेफ रेडा नामका विदेशी कर्मचारी पनि हुनुहुन्थ्यो । पाइलट मनिष शाक्यको भने जिवितै उद्वार गरिएको छ ।