
काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।
विमानका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उहाँलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।
विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । अहिले नेपाली सेना, प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ ।
विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रू रहेको प्रारम्भिक जानकारी आएको छ ।









प्रतिक्रिया