३२ असार २०८३, बिहिबार

एमाले लुम्बिनी संसदीय दलको नेताबाट लीला गिरीले दिए राजीनामा

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ९ साउन । नेकपा (एमाले) लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट राजीनामा दिनुभएको छ । गिरीले हिजो मंगलबार नै राजीनामा दिने तयारी गरेपनि नवनियुक्त मुख्यमन्त्रीले शपथ लिएपछि मात्रै राजीनामा दिने भन्दै रोकिनुभएको थियो ।

आफूले राजीनामा दिएको पत्र गिरीले पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको गिरीले बताउनुभएको छ । ‘मैले राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको छैन, अरु केही भन्नुभएको पनि छैन ।’ उहाँले भन्नुभयो । मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएपछि आफूले राजीनामा दिएको उहाँको भनाइ छ ।

संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई पार्टीले मुख्यमन्त्रीमा अघि सारेपछि गिरी असन्तुष्टि हुनुहुन्छ । गिरीले नैतिकताका आधारमा राजीनामा दिनुभएको उहाँ निकट एक सांसदले बताउनुभयो ।

सोमबार नियुक्त हुनुभएका मुख्यमन्त्री आचार्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री आचार्यको शपथ ग्रहण कार्यक्रममा गिरी उपस्थित हुनुभएको थिएन ।