२१ जेष्ठ २०८३, बिहिबार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ९ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । ​

एमाले संसदीय दलका उपनेता आचार्य सोमबार एमालेका २९ र कांग्रसका २७ गरी ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

८७ सदस्य प्रदेशसभामा सरकार गठनको लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।