
काठमाडौं, ९ साउन । सरकारले आजदेखि काठमाडौं उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ ।
काठमाडौंमा ढल मिसिएको पानीमा भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौं उपत्यकामा आजदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले आजदेखि शनिबारसम्म उपत्यकामा खोप दिन लागेको हो । जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घरघरमै पुगेर खोप दिइने मन्त्रालयले जनाएको छ । नियमित खोप लिएकाले पनि अनिवार्य यो खोप लिनुपर्ने शाखाले जनाएको छ ।
सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको थियो । टुकुचा र बागमती मिसिएको खोलाको पानी परीक्षण गर्दा भाइरस देखिएको हो ।








प्रतिक्रिया