१५ असार २०८३, सोमबार

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ आज

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ आजदेखि सुरु हुँदैछ ।

संसदीय सुनुवाइ समितिकाअनुसार उहाँको सुनुवाइको लागि संसदीय सुनुवाइ समितिको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बोलाइएको छ ।

असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । सिफारिसको पत्र परिषद्ले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो ।

प्रस्तावित आयुक्तविरुद्ध संसदीय सुनुवाइ समितिले असार ७ गते उजुरी आह्वान गरेको थियो । असार २१ गते हुने भनिएको सुनुवाइ रोकिएको थियो । रोकिएको सुनुवाइ आज हुन लागेको हो ।