२३ जेष्ठ २०८३, शनिबार

लुम्बिनीमा कांग्रेस-एमालेले टुंगाए मन्त्रीको नाम, आजै शपथ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ९ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ लिँदैहुनुहुन्छ । आज बिहान साढे ८ बजे आचार्यले शपथ लिने कार्यक्रम रहेको छ ।

त्यस्तै, सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसले मन्त्रीहरुको नाम पनि टुंगाएका छन् ।

एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्नुहुने भएको छ ।

त्यसैगरी, नेपाली कांग्रेसले पनि मन्त्री बन्नेहरुको नाम पनि टुंगो लगाएको छ । कांग्रेसबाट ५ जना मन्त्री बन्दै छन् । जसमा बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाइने भएको छ ।

मन्त्रीहरुलाई कुन-कुन मन्त्रालय दिने भन्ने टुंगिन बाँकी रहेकाले सबैलाई बिना विभागीय मन्त्रीको शपथ आजै खुवाउने तयारी गरिएको छ ।