२८ जेष्ठ २०८३, बिहिबार

लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दल नेता परिवर्तन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ९ साउन । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशका संसदीय दलको नेता परिवर्तन गरेको छ । यसअघि प्रदेश संसदीय दलको नेता धर्मबहादुर चौधरी हुनुहुन्थ्यो । उहाँका ठाउँमा राजकुमार चौधरी चयन हुनुभएको हो ।

सोमबार दलको नेता चयन गरेर प्रदेश सभालाई पनि जानकारी गराइएको राजकुमार चौधरीले बताउनुभयो ।

त्यस्तै, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ ।

लुम्बिनीमा नागरिक उन्मुक्तिका चार जना प्रदेशसभा सदस्य छन् । यसअघिका दल नेता चौधरी दुई पटक भौतिक पूर्वाधारमन्त्री भइसक्नुभएको छ । कांग्रेस नेता डिल्ली चौधरी र नेकपा (माओवादी केन्द्र)का नेता जोखबहादुर महरा मुख्यमन्त्री हुँदा उहाँ दुवै पटक मन्त्री हुनुहुन्थ्यो ।