
काठमाडौं, ८ साउन । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन गरेको छ।
मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए/गरिएका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, लाग्ने दस्तुर लगायतका विषयमा छानबिन गर्न समिति गठन भएको मन्त्रालयका प्रबक्ता सह-सचिव केशव प्रसाद दाहालले जानकारी दिनुभयो ।
प्रवक्ता दाहालका अनुसार शिक्षा तथा मानब स्रोत विकास केन्द्रका उप महानिर्देशकको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई सुझाब सहितको प्रतिबेदन पेश गर्न मन्त्रिस्तरीय निर्णय अनुसार ७ दिनको समयसीमा प्रदान गरिएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सदस्यहरूले सो बिषयमा प्रश्न उठाउनु भएको थियो ।








प्रतिक्रिया